प्रिमियममा आईपीओ ल्याएको घोराही सिमेन्ट ४१ करोड ८४ लाख नोक्सानमा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा घोराही सिमेन्ट ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड ५४ लाख ४३ हजार रुपैयाँ रहेको थियो । घोराहीले उत्पादन बिक्रीबाट हुने आय बढेपनि नाफामा भने सुरधा हुन सकेको छैन ।

कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७१ करोड २४ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६८ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको अन्य आम्दानी ११ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १० करोड ३७ लाख ४९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर ९ रुपैयाँ १६ पैसा नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ ।

कम्पनीले गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण सेयर आईपीओ निष्कासन गरेको थियो ।


क्लिकमान्डु