कालिन्चोक दर्शनको नाफा बढ्यो, प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा
काठमाडौं । कालिन्चोक दर्शन कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६४ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अविधमा ६० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ करोड ४४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ ।