सेयर बजार राताम्मे, परिसूचक २ हजार बिन्दुमा फर्कियो



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजारमा आएका गिरावटले परिसूचक २१ सय बाट तल झरेको छ ।

कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । समग्रमा बजार ३१.४९ अंकले घटेर परिसूचक २०९८.६९ बिन्दु कायम भएको छ ।

कारोबारमा टे«डिङ बाहेक सबै समूहको उपसूच राताम्मे भएका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक १३.११, विकास बैंक ६३. वित्त कम्पनी ३२.५१, होटल ३३.७६, जलविद्युत ६०.५३, जीवन बिमा ८१.०५, उत्पादन तथा प्रशोधन ७८, माइक्रोफाइनान्स ७६.४२, निर्जीबन बिमा समूहको उपसूचक १३७.२६ अंकले घटेको छ ।

कारोबारमा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ । कारोबारमा अप्पर सिनर्जी हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी, रिडी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४९२ रुपैयाँको सेयर किनेबच भएको छ । सोमबारको कारोबारमा कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले घटेर ६४६ रुपैयाँ कायम भएको छ । यो दिन कम्पनीको सेयर बिक्री गर्नेको चाप बढेको छ । कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र अपी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु