चन्द्रागिरी हिल्सको लकइन अवधि सकियोः संस्थापक, आयोजना प्रभावित, कर्मचारीको कारोबार फुकुवा



काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयर लकइन अवधि आजदेखि सकिएको छ ।

यो सँगै कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयर दोस्रो बजारमा अन्य सेयर सरह नै कारोबार हुने भएको छ । लकइनमा रहेका सबै सेयर आजदेखि फुकुवा भएको कम्पनीले जनाएको छ ।

कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत रहेको छ । जसमा संस्थापक सेयर ८८ प्रतिशत अर्थात १ करोड ३५ लाख १ कित्ता र सर्वसाधारणको १८ लाख ४० हजार ९०९ कित्ता रहेको छ ।


क्लिकमान्डु