सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १७ करोड रुपैयाँले घट्यो



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य कमी आएको छ ।

गत वर्ष पुस मसान्तसम्म ३७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको इन्स्योरेन्सले यस वर्ष १० करोड २ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो । गत वर्षको तुलनामा इन्स्योरेन्सको नाफामा यस वर्ष १७ करोड रुपैयाँले कमी आएको हो ।

नाफा घटेपनि इन्स्योरेन्सले चालु वर्षको दोस्रो त्रैमाससम्म प्रिमियम शुल्क भने गत वर्ष भन्दा धेरै संकलन गरेको छ । पुस मसान्तसम्म इन्स्योरेन्सले ५ अर्ब ४८ करोड रुपैयाँ प्रिमियमबाट उठाएको हो । गत वर्ष यस्तो रकम ५ अर्ब १ करोड रुपैयाँ मात्रै थियो ।


क्लिकमान्डु