सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान हाईड्रोपावरमा



काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ७.२४ अंकले घटेर परिसूचक २१५५.८२ बिन्दु कायम भएको छ । बजारमा सामान्य गिरावट आउँदा पनि कारोबार रकममा भने सुधार देखिएको छ ।

२९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आउँदा जलविद्युत समूह, वित्त समूह र अन्य समूहको उपसूचकमा सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक २१.३७, अन्य समूहको २२.२६, वित्त समूहको ३.८७ अंकले बढेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.८२, विकास बैंक २८.०७, होटल ७९.७७, जीवन बीमा ५७.८२, उत्पादन तथा प्रशोधन ७७.९७, निर्जीबन बीमा समूहको उपसूचक १२७.५१ अंकले घटेको छ ।

कारोबारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


क्लिकमान्डु