सोनापुर मिनिरल्स् एण्ड आयलले बनायो सेयरधनीको हात खाली



काठमाडौं । सोनापुर मिनिरल्स् एण्ड आयल कम्पनीले सेयरधनीको हात खाली बनाउने भएको छ । यो पटक कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।

कम्पनीले माघ २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएपनि सभामा प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु