लोवर इर्खुवा हाइड्रोपावरको सेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त



काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारणसेयर (आईपीओ) निष्कासन गर्नका लागि सेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सुवेदी नेशनल हाईड्रोपावर कम्पनीका सञ्चालक हुन् । नेशनल हाईड्रोपावरका उनको १३८६ कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २८ करोड ५ लाख ७५ हजार रुपैयाँको २८ लाख ५ हजार ७५० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।


क्लिकमान्डु