मंगलबार नेप्से सूचकले पार गर्यो अर्धशतक, कारोबार रकम ८ अर्ब बढी



काठमाडौं । सेयर बजारमा उछाल आउँदा कारोबार रकम पनि बढ्दै गएको छ ।

बजार मापन गर्ने सूचकले अर्धसशत पार गरेको छ । यो दिन बजार ५४.५४ अंकले बढेर परिसूचक २१७५.१७ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको ब्याजदर घटेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । पछिल्लो समय बैंकहरुले ब्याजदर धमाधम घटाइरहेका छन् ।

२१४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २४.१८, विकास बैंक १०९.५७, वित्त ८७.७५, होटल ६५.७१, जलविद्युत ९३.४३, जीवन बीमा १९५.०१, उत्पादन तथा प्रशोधन १५१.०८, माइक्रोफाइनान्स ११६.०९, निर्जीबन बीमा २१३.४६, ट्रेडिङ समूहको ६२.३८ र अन्य समूहको उपसूचक ४३ अंकले बढेको छ ।

कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दर्जन बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी रहेको छ । कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा निफ्रा र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु