सेयर बजारमा हरियाली, जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

कारोबारको सुरुदेखि नै सुधार देखिएको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार ३१.६२ अंकले बढेर परिसूचक २१२०.६२ बिन्दु कायम भएको हो ।

३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जलविद्युत कम्पनीमा सेयरधनीको आकर्षण बढेको छ । जसले बजार बढाउन सहयोग गरेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक ४.५८ प्रतिशत, बैंकिङ ०.४७, विकास बैंक १.२४, वित्त १.५५, लगानी १.२४, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स १.९६, अन्य समूहको उपसूचक १.९६ प्रतिशतले बढेको छ ।

आइतबारको कारोबारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत कम्पनी, मुक्तीनाथ कृषि कम्पनी, नेपाल वयरहाउजिङ लगायत १० कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयर रहेको छ । कम्पनीको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु