शिवम् सिमेन्टको लाभांश पारित



काठमाडौं । शिवम् सिमेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश सभाले पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गरेको हो ।

१५ प्रतिशतमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो । सभाले उक्त लाभांश पारित गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु