लेखा समितिको निर्देशनपछि बीमा प्राधिकरणले भन्योः प्रिमियम बापतको रकम खर्च नगर्नु



काठमाडौं । सार्वजनिक लेखा समितिले प्रिमियम शुल्कमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निणर्य फिर्ता गर्न निर्देशन दिएपछि बीमा प्राधिकरणले उक्त रकम खर्च नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बुधबार प्राधिकरणले प्रिमियमबाट सेयर निष्कासन गरेर सर्वसाधारणबाट संकलन गरेको रकम रिजर्भ कोषमा राख्न निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले तत्काल प्रिमियम बापतको रकम खर्च नगरि रिजर्भमा राख्न निर्देशन दिएको बताए ।

‘हामीले चुक्ता पुँजी बढाउन सहज होस् भनेर प्रिमियम मुल्यमा सेयर निष्कासन गर्न दिएका थियौँ’, उनले भने, ‘अहिले भने कतै गणना नगर्न र खर्च गर्न नमिल्ने गरी रिजर्भमा राख्न निर्देशन दिइएको हो ।’

प्रवक्ता पौडेलका अनुसार प्रिमियम शुल्कमा आईपीओ निष्कासन गरेका ५ वटै जीवन बीमा कम्पनीहरुले संकलन गरेको रकम कोषमा राख्नु पर्नेछ । उक्त रकमबाट कम्पनीले लाभांश दिन नपाउने प्राधिकरणले निर्देशन दिएको छ ।


क्लिकमान्डु