सेयर बजारमा हरियाली, हाईड्रोपावरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारमा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बजार मापन गर्ने सूचक २७.९० अंकले बढ्दा परिसूचक २०५८ बिन्दु कायम भएको छ । ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर ४५ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक ४.२३, विकास बैंक ४३.७२, वित्त ३०.९५, होटल १४७.६१, जलविद्युत ७१.५१, जीवन बीमा ८१.८८, उत्पादन तथा प्रशोधन १२३.६६, माइक्रोफाइनान्स २०.९२, निर्जीबन बीमा २२१.४१, अन्य २३.६०, ट्रेडिङ समूहको उपसूचक ५.०२ अंकले बढेको छ ।

कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बजारमा हरियाली छाउँदा पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४१६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र आइएमई लाईफ इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु