सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ८.७५ अंकले घटेर परिसूचक २०६०.१५ बिन्दुमा कायम रहेको छ ।

यो दिन निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट देखिएको हो । ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर ४ अर्ब ४८ लाख ३९ लाख ८२ हजार ४६१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबारमा वित्त १४.३५, होटल ९६.२२, जलविद्युत ४१.१८, जीवन बीमा १८०.५४, माइक्रोफाइनान्स ५.७०, निर्जीबन बीमा ८६.२५, अन्य समूहको उपसूचक ५.१४ अंकले घटेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.१५, विकास बैंक ४.१९, उत्पादन तथा प्रशोधन ६३.९२ र ट्रेडिङ समूहको उपसूचक १३.१० अंकले बढेको छ ।

कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बाँकी ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ । कारोबारमा मोलुङ हाईड्रोपावर, मनकामना इन्जिनियरिङ हाईड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तारागाँउ रिजेन्सी, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड १३ लाख ७३ हजार ६६२ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु