बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको सूचना



काठमाडौं । बीमा दाबी भुक्तानीका लागि आवेदन दिएर सम्पर्कमा नआएका बीमितलाई सम्पर्कमा आउन हिमालयन एभरेष्ट इन्स्योरेन्सले आग्रह गरेको छ ।

इन्स्योरेन्सले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कागजात सहित इन्स्योरेन्सको शाखा कार्यालमा सम्पर्क गर्न बीमितलाई आग्रह गरेको हो ।

इन्स्योरेन्सले सम्पत्ति बीमा,इन्जिनियरिङ बीमा,मोटर बीमा,मरिन बीमा लगायतका बीमाहरु गरेका बीमितलाई दाबी भुक्तानी लिनका लागि सम्पर्कमा आउन आग्रह गरेको हो ।


क्लिकमान्डु