स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत आफैले तिर्नुपर्ने



काठमाडौं । स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि, २०८० मा बीमितबाट १० प्रतिशत रकम असुल्ने व्यवस्था गरेको हो ।

यसअघि बीमितबाट शुल्क नलिने ब्यवस्था थियो । बीमितलाई एक लाख रुपैयाँ बराबरको उपचार खर्च बेहोर्ने गरेको छ । अब १ प्रतिशत बीमित बाटै खर्च भराउने भएको हो । यो ब्यवस्था माघ १ गतेदेखि लागु गर्ने बोर्डले जनाएको छ ।

सहभुक्तानी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागु हुनेछ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाको हकमा भने १० प्रतिशत रकम पनि तिर्नु नपर्ने कार्यविधिमा उल्लेख छ ।


क्लिकमान्डु