मंसिरमा ७० करोड रुपैयाँले बढ्यो निर्जीवन बीमाको व्यापार



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब १७ करोड रुपैयाँको व्यापार गरेका छन् । कम्पनीहरुले कात्तिकको तुलनामा मंसिरमा बीमा पोलेसी बिक्री गरेर ७० करोड रुपैयाँ बढी शुल्क आर्जन गरेका हुन् ।

कात्तिकमा १४ निर्जीवन बीमा कम्पनीतर्फ र लघु बीमा कम्पनीतर्फ २ वटा गरी १६ वटा कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यस अघि साउन, भदौ र असोजमा निर्जीवन बीमा कम्पनीले ३ अर्ब माथिको व्यापार गरेका थिए । यी कम्पनीहरुले मंसिर महिनामा मात्रै ७ खर्ब २६ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमा गराएका हुन् ।

कसको धेरै ?

बीमाशुल्क आर्जन गर्नेमा सगरमाथी लुम्बिनी इन्स्योरेन्स अगाडि छ । यो कम्पनीले मंसिरमा ३९ करोड ४३ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो । यो बाहेक सिद्धार्थ प्रिमिय इन्स्योरेन्स ३१ करोड ८० लाख सहित दोस्रोमा र शिखर इन्स्योरेन्स ३ करोड ४० लाख सहित तेस्रो नम्बरमा छन् ।

कार्तिकमा सुस्ताएको बीमा व्यवसायले मंसिर केही बढेको छ । २ अर्बको हाराहरीमा खुम्चिएको पोलेसी बिक्री मंसिरमा पुन ३ अर्बमा उक्लिएको हो ।

मंसिरमा बीमा पोलेसी बिक्रीबाट कुल ३ अर्ब १७ करोड रुपैयाँ शुल्क आर्जन गरेका कम्पनीहरुले कात्तिकमा २ अर्ब २९ करोड,असोजमा ३ अर्ब ३६ करोड, भदौमा ३ अर्ब ९ करोड र साउनमा ३ अर्ब १८ करोड रुपैयाँ शुल्क बापत बीमितबाट उठाएका थिए ।


क्लिकमान्डु