सूर्यदर्शन सहकारीका ४ अध्यक्षले तिरेनन् सवा अर्ब ऋण, जीवी राईको साढे २१ करोड बाँकी



काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका चार जना अध्यक्षले संस्थाबाट लिएको १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ऋण तिर्न बाँकी रहेको पाइएको छ ।

सहकारीमा अध्यक्ष बन्ने र आफू अध्यक्ष रहेको संस्थाबाट पूर्व र वर्तमानसहित ४ जना अध्यक्षले लिएको ऋणबाट अझै उक्त रकम तिर्न बाँकी रहेको पाइएको छ ।

२०६५ असार २६ देखि २०६८ मंसिर १७ गतेसम्म अध्यक्ष भएका ज्ञानबहादुर बम्जनले लिएको कर्जामध्ये अझै १ करोड ९२ लाख ८४ हजार ९५१ रुपैयाँ असुल हुन बाँकी छ ।

यस्तै २०६८ मंसिर १७ देखि २०७३ मंसिर १८ गतेसम्म अध्यक्ष हुँदा गितेन्द्रबाबु राई (जीबी)ले लिएको कर्जामा अझै २१ करोड ४२ लाख ८५ हजार ९९३ रुपैयाँ असुल हुन बाँकी छ ।

यस्तै २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म अध्यक्ष रहेका भुपेन्द्र राईले लिएको कर्जाबाट अझै ८० करोड ७२ लाख ३३ हजार ७६६ रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै २०७८ मंसिर १७ देखि अहिलेसम्म अध्यक्ष रहेका थान बहादुर बुढा मगरले लिएको कर्जामध्ये २७ करोड ४८ लाख ३२ हजार ७३४ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

ऐनअनुसार सहकारीका अध्यक्षसहित सञ्चालक समितिका सदस्यले आफ्नै संस्थाबाट कर्जा लिन मिल्दैन ।


क्लिकमान्डु