ईपीएसको सिप बिल्डिङमा अनुत्तीर्णमध्ये १८ जनाले मात्र उत्पादनमूलक क्षेत्रमा फारम भर्न पाउने !



काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षाको सिप बिल्डिङ(पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएका मध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।

सिप बिल्डिङमा अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा फारम भर्न नपाउने ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश गरेको थियो । तर रिट दायर गर्ने १८ जनाले मात्र ईपीएस कोरिया भाषाका लागि आवेदन दिन पाउने गरि आदेश भएको छ ।

ईपीएस कार्यालयका शाखा प्रमुख गुरुदत्त सुवेदीले रिट दायर गरेका १८ जनाले मात्रै आवेदन दिन पाउने आदेश भएको बताए ।

उनकाअनुसार सिप बिल्डिङ परीक्षामा सामेल भएका सुरज पाठकसमेत १८ जनाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटमा मुद्दा दायर गरेका थिए । उक्त रिटमाथिको सुनुवाइमा उच्च अदालत पाटनले आवेदन दिन पाउने गरि अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा रिट दायरकर्ता १८ जनाको पक्षमा मात्रै आवेदन दिन पाउने आदेश आएकाले सोहीअनुसार कार्यालयले आवेदन दिन पाउने व्यवस्था गरेको उनले बताए ।

सिप बिल्डिङमा करिब ३० हजार परीक्षार्थी अनुत्तीर्ण छन् ।


क्लिकमान्डु