गगन पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च पुगेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेको गगन पक्षलाई आयोगले कांग्रेसको आधिकारिकता दिएको थियो ।