
काठमाडौं । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र एमाले नेतृ भगवती न्यौपानेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।
फागुन २१ का लागि हुने निर्वाचनमा उम्मेदवार बन्नका लागि उनीहरूले राष्ट्रिय सभाबाट राजीनामा दिएका हुन् ।
नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गौतमलाई प्रत्यक्षतर्फ उठाउने तयारी गरेको छ ।
नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै छन् भने एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् ।








प्रतिक्रिया