मुख्यसचिव जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, छानबिन सक्न अख्तियारलाई निर्देशन



काठमाडौं । मुख्य सचिव वैकुण्ठ अर्याल र तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्ने र ज्ञानेन्द्र बहादुर कार्की जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको संसदीय समितिले ठहर गर्दै शीघ्र अनुसन्धान सक्न अख्तियारलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको गोप्य संवाद रेकर्ड गर्न किनिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहर बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गरेको हो ।

दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक छानबिन शीघ्र सक्नुपर्ने निष्कर्ष समितिले निकालेको हो ।

टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समितिले उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानल आयोगले गर्ने उक्त टेरमक्स खरिदमा भएको छानबिनको सम्बन्धमा हरेक ३० दिनमा समितिलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।

लेखा समितिले बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेर यसको सबै प्रक्रिया यथास्थितिमा राख्नसमेत निर्देशन दिएको छ ।

अख्तियारले भने यो प्रकरणमा अनुसन्धान अगाडि बढाइसकेको छ । नागरिकको गोग्य संवाद रेकर्ड गर्ने गरी लागू गर्न खोजिएको भन्दै विवादमा आइरहेको सोही प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको आरोप लागेको छ ।

सञ्चार मन्त्रालयकै पूर्वमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की निर्णय प्रक्रियामा जोडिएको टेरामक्सको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । यो विषय सञ्चार मन्त्रालयसँग जोडिएको विषय भएकाले मन्त्रालयका कर्मचारी पनि अनुसन्धानको दायरामा छन् ।

टेरामक्स खरिद कार्यमा मूलतः दूरसञ्चार प्राधिकरण जोडिएको छ । जसका कारण अहिले सञ्चार मन्त्रालय र प्राधिकरणमा टेरामक्स आतंक छ ।

हाल मुख्यसचिव रहेका अर्याल टेरामक्स खरिदको निर्णय गर्दा सञ्चार सचिव थिए ।


क्लिकमान्डु