रिडी पावर कम्पनीले बनायो सेयरधनीको हात खाली




काठमाडौं । रिडी पावर कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु