सर्वोच्च अदालतको निर्णयपछि नेको इन्स्योरेन्सले तिर्‍यो करिब साढे ४ करोड आयकर



काठमाडौं । नेको इन्स्योरेन्सले ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ ।
आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस शेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था छ ।

उक्त कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था छ । सर्वोच्च अदालतले बैंक तथा बीमा कम्पनीको रिट खारेजी गरेपछि नेकोले विगत वर्षहरुमा हकप्रद शेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकमबाट कर तिरेको जनाएको छ ।


क्लिकमान्डु