हिमालयन रि को आईपीओमा २ करोड ८० लाख कित्ताका लागि पर्‍यो आवेदन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा माग अनुसार आवेदन नपरेको भन्दै आवेदन दिने समय थपिएको छ ।

कम्पनीले यसअघि पुस १ गतेसम्म आवेदन दिन सकिने जनाएको भएपनि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको थियो । आइतबार माग भन्दा बढी आवेदन परेपछि कम्पनीले जुनसुकै दिन पनि आवेदन रोक्न सक्ने छ ।

आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु