सुपथ मूल्य पसल सञ्चालनमा



 

पोखरा । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा  पाँच र नूनमा  दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिए ।

छुटसँगै चिनी अब ७७ रुपैयाँ ५० पैसा र नून १८ रुपैयाँ मा एकजना उपभोक्ताले बढीमा छ किलोसम्म खरिद गर्न सक्ने छन् ।
कार्यालयको सो छुट आजदेखि कात्तिक ९ गतेसम्म कायम रहनेछ । रासस


क्लिकमान्डु