डिशहोमको अफर ३ हजार छुट




काठमाडौं । डिशहोमले दशैं तथा तिहारमा ग्राहकलाई खुसी बनाउनका लागि ३ हजार रुपैयाँको छुट दिने भएको छ । डिशहोमले दशैं तथा तिहारलाई खुसीमय बनाउनको ‘खुसी अन गरौं’ नामक योजना मार्फत ३ हजार रुपैयाँ छुट दिने भएको छ ।

५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सनमा खरिद गर्दा ३ हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । ३ हजार रुपैयाँ छुटसँग ग्राहकले डिशहोम २ हजार ९ सय ९९ रुपैयाँमा जोड्न सक्नेछन् । साथै कम्पनीले हाइब्रिड एचडी सेट–टप बक्स सहुलियत दरमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रवन्धक कल्याण अधिकारी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न पे्ररित गर्न ‘खुसी अन गरौं’ अफर ल्याइएको जानकारी दिए ।

‘हामी नेपालकै सवैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पुर्याउन सक्षम कम्पनी हौं, सर्वसुलभ मूल्यमा गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ,’ अधिकारीले भने ।

नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोम जडानका लागि उपयुक्त समय भएको बताए ।


क्लिकमान्डु