नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६९.६२ अर्ब दाबी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानी बापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानी बापत २३.४४ अर्ब दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दाबी भुक्तानी गर्नेका रुपमा नेपाल लाइफ स्थापित भएको कम्पनीले जनाएको ५ ।

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।

कम्पनीले कन्भेन्सियल प्लान अन्तर्गत ११ हजार १७७ जना लाई ३ अर्ब ७१ करोड र बैदेशिक रोजगारीतर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।

दाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै भुक्तान गर्न तत्पर हुने गरेको कम्पनीको भनाइ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दाबी फर्छ्यौट भई सकेको कम्पनीले जनाएको छ ।

सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दाबी भुक्तानी ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु