प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स




काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले निष्कासन गर्न लागेको छ ।

कम्पनीले ३० लाख कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरिसकेको छ । यस्तै ६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन पुस १ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु