११ दिनपछि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । हरेक दिन बढेर नयाँ रकेर्ड कायम गरिरहेको सुनको मूल्य ११ दिनपछि घटेको छ ।
गत मंसिर ८ गतेबाट निरन्तर बढेको सुनको मूल्यले सोमबार नयाँ रकेर्ड कायम गरेको थियो । मंसिर ८ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर बढेर सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
मंगलबार प्रतितोला २४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएकोमा मंगलबार १५ सय रुपैयाँ कायम भएको छ ।