वैशाखमा लगानी सम्मेलन गर्न समय पर्याप्त हुँदैन: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वैशाखमा लगानी सम्मेलन गर्न समय पर्याप्त नहुने बताएका छन्।

लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले विगतको अनुभवलाई हेर्दा वैशाखमा लगानी सम्मेलन गर्न समय निकै कम हुने बताएका हुन् ।

‘ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका प्रोजेक्ट छन्, अन्य क्षेत्रमा अध्ययन कम छ, लजिस्टिक महँगो छ, लिएको नीतिबाट फिर्ता हुनु भएन,’ उनले भने, ‘सम्मेलनमा छुट र सुविधाको पनि कुरा आएको छ, सातवटा प्रदेशले कुनै न कुनै सम्मेलन गर्नुपर्छ, त्यहाँका स्थानीयले आफ्ना आयोजना र आइडिया उजागर गर्छन्, प्रि-समिट गर्नुपर्छ, त्यसकारण वैशाखमा सम्मलेन गर्न समय निकै कम हुन्छ ।’

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अधिकारीले विगतको अनुभवका आधारमा वैशाखमा सम्मेलन गर्न घण्टा त के मिनेट पनि नास नगरी लाग्नुपर्ने बताए । २०७५ सालमा लगानी सम्मेलन गर्दा उनी नेतृत्वदायी भूमिकामा थिए ।


क्लिकमान्डु