प्रिमियम मूल्यमा हिमालयन रिइन्योरेन्सको आईपीओ निष्कासन, प्रतिकित्ता कति ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेको हो । ३ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको कम्पनीले पहिलो चरणमा ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरले सेयर निष्कासन गर्न लागेको छ । विदेशमा रहेका नेपालीले आजदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु