हाथवे इन्भेष्टमेन्टको नाफामा उल्लेख्य सुधार



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा १५५८ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा कम्पनीको नाफा बढेर १ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी घटेपनि नाफा भने बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ४ करोड ८० लाख रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

यसले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । कम्पनीले विभिन्न खाले खर्च भने कटौती सुरु गरेको छ । १ अर्ब १७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७० करोड ७५ लाख ९१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ ।


क्लिकमान्डु