उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्रै सेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २१ देखि १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको एफपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ एफपीओ निष्कासन गरेको जनाएको छ ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था मर्ज भएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ ।

उक्त पुँजी संरचना ऐन सर्वसाधारणको ३० प्रतिशत बनाउन लागिएको छ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु