बोटलर्स नेपाल तराईले ६० प्रतिशत लाभांश दिने



काठमाडौं । बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई अघिल्लो वर्षबराबर नै लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले २०७८/७९ को नाफाबाट पनि सेयरधनीलाई ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसअघिका तीन आर्थिक वर्ष सेयरधनीको हात खाली पारेको कम्पनीले आव २०७४/७५ मा ४० प्रतिशत नगद दिएको थियो । त्यस्तै २०७१/७२ र २०७३/७४ मा २५/२५ प्रतिशत नगद दिएको कम्पनीले २०७२/७३ मा पनि लाभांश दिएको थिएन ।

कम्पनीले २०७०/७१ मा २२ प्रतिशत, २०६८/६९ मा ८५ प्रतिशत र २०६७/६८ मा ५५ प्रतिशत नगद दिएको छ । त्यस्तै २०६९/७० मा पनि सेयरधनीले केही पाएनन् ।

आव २०६७/६८ यताका १३ वर्षमा कम्पनीले ८ पटक मात्र नगद लाभांश दिएको छ भने कुनै पनि आर्थिक वर्षमा बोनस सेयर दिएको छैन ।


क्लिकमान्डु