सेयर बजारमा सामान्य सुधार, १२४ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने न्यून देखिएको छ ।
यो दिन निकै उतार चढावका बिच बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर १९६९.०१ बिन्दुसम्म पुगेको थियो ।
बजार मापन गर्ने सूचक ५.१७ अंकले बढेर परिसूचक १८६३.९४ बिन्दुमा रोकिएको छ । २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने १२४ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । केहीमा भने गिरावट आएको छ । बैंकिङ समूहको २.९९, वित्त ५.३८, जलविद्युत १२.६१, जीवन बीमा ५०.३२, उत्पादन तथा प्रशोधन ५७.५०, माइक्रोफाइनान्स ८.४२, टे«डिङ समूहको ५.५० र अन्य समूहको १०.३२ अंकले बढेको छ ।
कारोबारमा विकास बैंक, १३.७५, होटल ३३.०१, निर्जीबन बीमा समूहको उपसूचक २२.७३ अंकले घटेको छ । कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, पिपुल्स हाईड्रोपावर, नेपाल एसबिआई बैंक, भगवती हाईड्रोपावर डेभलपमेन्ट बैंक, मान्डु हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट कर्पोरेट डेभलपमेन्ट बैंक, सामालिङ पावर कम्पनी, इमर्जीङ नेपाल, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
यस्तै कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ५ करोड ६१ लाख ४१ हजार ९८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो अवस्थामा हिमालयन बैंकको संस्थापक सेयर र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर रहेको छ ।