घलेम्दी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी निष्कासन गर्न लागेको हो ।
मंसिर १० गतेदेखि पुस १ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने छ । हकप्रद सेयरमा कात्तिक २ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ ।
यस्तै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।