सेयर बजारमा दोहोरो अंकको सुधार: कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुदेखि करिब डेढ घन्टा बढेको बजार त्यसपछि ओरालो लाग्न थाल्यो । कारोबार सकिन ४५ मिनेट बाँकी रहँदा देखि बढ्न थालेको बजार अन्तिम समयमा भने दोहोरो अंकले बढेको छ ।
बजार मापन गर्ने सूचक ११.२२ अंकले बढेर परिसूचक १८५८.७६ बिन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा १४४ कम्पनीको मूल्य घटेको छ भने ८३ कम्पनीको सेयर मूल्य बढेको छ ।
२८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा निर्जीबन बीमा बाहेक सबै समूहको उपसूचकमा सुधार देखिएको छ । निर्जीबन बीमा समूहको उपसूचक १७.३६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ समूहको उपसूचक २.४०, विकास बैंक १५.५४, वित्त १९.७९, होटल ४०.६२, जलविद्युत ७.१५, जीवन बीमा ११३.१६, उत्पादन तथा प्रशोधन ४७.०७, माइक्रोफाइनान्स २१.०५, अन्य समूहको उपसूचक १८.३२ अंकले बढेको छ ।
कारोबारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल, सिटिजन्स लाइफा इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, इङवा खोेला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, बाराही हाईड्रोपावर, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थापक सेयर रहेको छ । यो दिन बैंकको ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माछापुच्छे«े बैंक र सोनापुर मिनरल्स एण्ड आयल रहेको छ ।