चार दिनपछि बढ्यो नेप्से
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २१ अंकले उकालो लागेको छ । नेप्से परिसूचक सोमबार २१.३० अंकले बढेर १८४७.५४ अंकमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३३ अंकले उकालो लागेर ३५५.७३ अंकमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा आज वृद्धि भएको छ ।
कुल ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टीको ६ करोड ४३ लाख २० हजार रुपैयाँबराबरको सेयर कारोबार भयो ।
त्यस्तै सोनापुर मिनरल्सको ५ करोड ६२ लाख तीन हजार, हाथवे इन्भेस्टमेन्टको ३ करोड ७८ लाख ३९ हजार, हिमालयन बैंकको ३ करोड ५८ लाख ४८ हजार र मञ्जुश्री फाइनान्सको २ करोड ३९ लाख ७२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट ९.९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ९.९३, आशा लघुवित्त ६.१६, दिव्यश्वरी हाइड्रोपावर ५.८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ५.८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त ४.२८, विन नेपाल लघुवित्त ३.९९, एनआइसी एशिया लघुवित्त ३.९१ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।