दुई बीमा कम्पनी ३ अर्ब ३० करोडको हकप्रद सेयर निष्कासन गर्न माग गर्दै पुगे बोर्डमा



काठमाडौं । दुई वटा बीमा कम्पनीले ३ अर्ब ३० करोड ९९ लाख २२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।

एउटा जीवन र एउटा निर्जीबन बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् ।

हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) र एनएलजी इन्स्योरेन्स कम्पनी अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् । कम्पनीले १ः०.८८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

एलआईसीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न
बोर्डमा निवेदन दिएका हुन् । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएको छ ।

कम्पनीले १०ः ६.६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु