दसैं लगत्तै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स, प्रतिकित्ता कति ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले दसैं लगत्तै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई उक्त सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले कात्तिक २१ गतेदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु