नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा आयोजना, कसरी हुने सहभागी ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धा आयोजना गरेको छ ।

‘तिमी यो दसैंमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टका आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धी छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २०  हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक १ देखि १५ सम्म सहभागी हुन सक्नेछन् ।

दसैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बडादसैं २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।


क्लिकमान्डु