साविकको प्रभु र महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, २० देखि ७० रुपैयाँसम्म दिने



काठमाडौं । साविकको प्रभु तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुका लागि बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त बोनसदर सार्वजनिक गरेको हो । साविकको महालक्ष्मी लाइफले न्युनतम ३२ देखि ५२ रुपैयाँ प्रतिहजारसम्म बोनस घोषणा गरेको छ भने प्रभुले २० देखि ७० रुपैयाँ प्रतिहजारसम्म बोनस दिने घोषणा गरेको छ ।

साविक प्रभु लाइफले सावधिक (सम्बृद्ध) बीमालेख योजनामा न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । ९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक तथा आजीवन (अमुल्य) योजनमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ बोनसदर ताकेको छ । ९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका ७० रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक सम्बृद्ध (एकल भुक्तानी) योजना अन्तर्गत ९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक–वैभव योजना अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनस तोकेको छ ।

कम्पनीले सावधिक (श्री वृद्धी)–योजना ५ प्रतिशत बीमांक वृद्धि हुने योजनामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यो योजना अन्तर्गत ९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी बालिबालिका सावधिक (जीवन उन्नती) योजनामा ९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

एकल अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) योजनामा ९ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ ।

बार्षिक अग्रिम भुक्तानी सावधिक (समुन्नती) योजनामा ९ वर्ष अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २२ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि २४ रुपैयाँ बोनसदर तोकेको छ ।

यस्तै महालक्ष्मी सावधिक बीमा योजनामा ५ देखि १५ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ६ हजार ७ सय ९२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गन छन् ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ ।

महालक्ष्मी जीवन हेरचाह बीमा योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ ।

महालक्ष्मी बाल बचत बीमा योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३० रुपैयाँ, १६ वर्षदेखि २१ वर्ष अवधिका लागि ३३ रुपैयाँ, २२ वर्षदेखि २५ वर्ष अवधिका लागि ३७ रुपैयाँ बोनदसदर तोकेको छ ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिका लागि ३५ रुपैयाँ बोनसदर तोकेको छ ।

महालक्ष्मी धनधान्य बीमा योजना अन्तर्गत १५ वर्षका लागि ४० रुपैयाँ, २० वर्ष अवधिका लागि ४० रुपैयाँ, महालक्ष्मी सावाधिक आजीवन बीमा योजन अन्र्गत ५ देखि १५ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिका लागि ३२ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिका लागि ३२ रुपैयाँ बोनसदर तोकेको छ ।


क्लिकमान्डु