५ वर्षमा राजस्व चुहावट सम्बन्धी १८ सयवटा मुद्दा दर्ता



काठमाडौं । पछिल्लो पाँच बर्षमा १८ सय २९ वटा राजस्व सम्बन्धी मुद्दा राजस्व न्यायधीकरणमा दर्ता भएको छ ।

न्यायधीकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि ७९/८० सम्मको अवधिमा १८२९ वटा मुद्दा दर्ता भएका हुन् ।

न्यायाधीकरणका अनुसार यस्तो मुद्दा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै भए पनि त्यसपछिका वर्षहरुमा भने घटेका छन् ।

जसमा आर्थिक वर्ष २०७५/७६ मा ४ सय १४ वटा मुद्दा दर्ता भएकोमा आव २०७६/७७ मा २ सय ३९ , आव २०७७/७८ मा ६ सय २४, आव २०७८/७९ मा २ सय ३५ र आव २०७९/८० मा ३ सय १७ वटामुद्दा दर्ता भएका हुन् । यी सबै मुद्दा राजस्व सम्बन्धी रहेका छन् ।


क्लिकमान्डु