
काठमाडौं । शुक्रबार साँझ ५:३० बजेसम्म देशका सातै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको बेसीशहरमा मापन गरिएको छ, जहाँ २५.२ मिलिमिटर पानी परेको छ ।
महाशाखाले हाल देशका पहाडी तथा तराईका केही क्षेत्रमा बदली रही वर्षाको गतिविधि जारी रहेको जनाएको छ । साथै, केही स्थानमा हावाहुरी र चट्याङको जोखिम पनि रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यात्रा तथा दैनिक कामकाजमा निस्कँदा आवश्यक सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले सर्वसाधारणलाई अनुरोध गरेका छन्।











प्रतिक्रिया