सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम, ३०० सहभागी



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरीमा संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा ३ सयभन्दा बढी अभिकर्ताको सहभागिता थियो ।

कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रमा उत्कृष्ट ३ मा पर्न सफल अभिकर्तालाई तालिम तथा सम्मान पनि गरेको छ ।

उच्च व्यवस्थापन समितिका तर्फबाट डेपुटी सिईओ निराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र क्षेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति थियो ।


क्लिकमान्डु