विश्व बैंक र आईएमएफको संयुक्त बैठक भोलिदेखि अफ्रिकामा, नेपालबाट अर्थमन्त्री र गभर्नर सहभागी



मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठक मोरक्कोको माराकेसमा सुरू भएको छ ।

युरोपसँग नजिक रहेको अफ्रिकी मुलुक मोरोक्कोको माराकेसमा संसारभरका अर्थशास्त्रीले बदलिँदो अर्थ व्यवस्थाका विषयमा छलफल गर्नेछन् ।

प्रत्येक वर्ष कोष र विश्व बैंकले अर्थतन्त्रका विविध विषयमा छलफल गर्न अक्टोबर र अप्रिलमा गरी २ पटक वार्षिक बैठक आयोजना गर्ने गरेका छन् ।

यसपटक बैठकमा मुद्रास्फीतिको समस्या, प्रविधिको प्रयोगसँगै अर्थतन्त्रमा आएको समस्या, मौद्रिक नीतिमा गर्नुपर्ने सुधारलगायका विषयमा छलफल हुनेछ ।

बैठकमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा आबद्ध १९० देशका प्रतिनिधि सहभागी हुनेछन् ।

नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललगायत सहभागी हुनेछन् ।


शरद ओझा