सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो हेलिकप्टर दुर्घटनाबापतको २९ करोड दाबी भुक्तानी



काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सको हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापतको करिब २९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले एयरलाइन्स दुर्घटनाको क्षतिपूर्तिबापतको २८ करोड ७१ लाख ५२ हजार ५५२ रुपैयाँ दाबी भुक्तानी शुक्रबार गरेको हो ।

हाल नेपालमा सञ्चालनमा रहेका हवाई सेवा कम्पनीमध्ये सगरमाथा लुम्बिनीले ७ वटा कम्पनीको बीमा गरेको छ । बीमा गराउने हवाई सेवा कम्पनीको संख्या र बीमाशुल्कका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सरकारी बीमा कम्पनीबाहेकको बजार हिस्साका आधारमा अगाडि रहेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।

कम्पनीमा बीमा गराएकामध्ये ४ वटा हेलिकप्टर दुर्घटना परेकोमा हेली एभरेष्ट एयरलाइन्सको हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापतको दाबी भुक्तानी गरिएको हो । बाँकी दुर्घटनाहरुको दाबी भुक्तानीसम्बन्धी प्रक्रिया तीव्रताका साथ अघि बढाएको उनले जानकारी दिए ।


क्लिकमान्डु