व्यक्तिगत टकरावले अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैनः स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वगत टकरावले अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए ।
सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए । डा.वाग्लले जलविद्युतको समग्र अवस्थथा हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए ।
३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै उनले सानो अंशले अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए ।
डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समिति दिन माग गरे ।
‘सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ ? त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो । त्यसको कार्यप्रगति अर्थसमितिलाई दिनुपर्छ’ उनले भने ।