अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

448
Shares

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी तीन दिन म्याद थपेको हो ।

अपराधिक विश्वासघातको आरोपमा केसी शुक्रबार पक्राउ परेका थिए । भोलि फेरि उनलाई अदालतमा उपस्थित गराउनुपर्ने छ।

पैसा लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध उजुरी दिएकी थिइन।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले स्क्रिप्ट चित्त नबुझेपछि १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए ।

Skip This